• भदौ १९, २०८१
  • No Comment
  • 295

सुर्खेत होराईजन एकेडेमीलेका बिद्यार्थीहरुले गरे राउटे संग भेटघाट

वीरेन्द्रनगर ३ तातापानीमा संचालित होराईजन एकेडेमीका बिद्यार्थीहरुले राउटे समुदायका प्रतिनिधीसंग भेटेर कुराकानी गरेका छन् । बिद्यार्थीहरुले राउटे समुदायको बारेमा चासो ब्यक्त गरेका र भेटेर कुरा गर्न चाहेपछी राउटे समुदायका प्रतिनिधीलाई बिद्यालयमै बोलाएर भेटघाट गराईदिएको बिद्यालयका प्रिन्सीपल घनश्याम खड्काले बताए । भेटघाटका क्रममा बिद्यार्थीहरुले राउटे समुदायको रितिरिवाज, सस्कृती, पारिवारिका अवस्था, पर्व र सस्कारका बारेमा जानकारी लिएका थिए ।

प्रिन्सिपल खड्काले भने एकातिर बिद्यार्थीहरुले फरक संस्कार बोकेको लोपउन्मुख समुदायको बारेमा चासो ब्यक्त गरेको र बिद्यालयले पनी बेला बेलामा बिद्यार्थीहरुलाई सामुदायिक ज्ञान दिनका लागि यस्ता प्रकारका कार्यक्रम आयोजना गर्ने गरेका कारण राउटे समुदायका प्रतिनिधी संग कुराकानी भएको थियो ।

कुरा कानीका क्रममा बिद्यार्थीहरुले तपाईहरुको बसोबास कुन क्षेत्रमा रहने गरेको छ ? तपाईको समुदायमा बिबाहको चलन कस्तो रहेको छ ? कुन कुन थर तपाईको समुदायमा छ ? तपाईहरुले मनाउने चाडपर्व के के हुन ? तपाईहरुले जंगलमा कुन जनावरको शिकार गर्नु हुन्छ ? तपाईहरु कस्ता कस्ता सामानहरु बनाउनु हुन्छ ? नेपाल सरकारले तपाईहरुलाई कस्ता कस्ता सुविधाहरु दिएको छ ? तपाईहरुको समुदायमा मुखिया कसरी छानिन्छ र मुखियाको काम के हो ? जस्ता जिज्ञासाहरु राखेका थिए । बिद्यार्थीहरुका जिज्ञासा मेटाउदै राउटे समुदायले आफनो रितीरिवाज, सस्कृतीका बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *