• भदौ १३, २०८१
  • No Comment
  • 191

अब राष्ट्रिय परिचयपत्र सर्वसाधरणले आफै हेर्न र प्रिन्ट गर्न मिल्ने

अब राष्ट्रिय परिचयत्र सर्वसाधरण आफैंले वेभसाइटमा हेर्न प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आइतबारदेखि यस्तो सुविधा दिएको हो ।
पञ्जीकरण विभागको वेभसाइडमा गइ नागरिकता नम्बर तथा जन्म मिति राखेपछि परिचयपत्र हेर्न सकिने र सर्वसाधरणले आवश्यकअनुसार सामान्य कागजमा आफैं प्रिन्ट गर्न मिल्ने सिष्टम बनाएको छ । अब परिचयपत्र प्रणालीमा इनरोल भएर नम्बर हराएकाहरुले पनि यहीबाट आफ्नो नम्बर प्राप्त गर्न सक्नेछन्  विभागले जनाएकाे छ र साथै परिचयपत्र पनि आफैं प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।’ क्युआरकोडमार्फत समेत सो वेभसाइडमा जान मिल्ने गरी विभागले आइतबार परिपत्र गर्नुका लागि सूचना प्रकाशित गरेको छ ।  दुई सातापछि क्युआरकोडसहितकै परिचयपत्र सर्वसाधरण आफैंले छाप्न मिल्ने गरी प्रणाली बनाउन लागिएको छ ।

चिपसहितको कार्ड छाप्न समय लाग्ने भएकाले यसरी सामान्य कागजत्रमा कार्ड छाप्न मिल्ने सुविधा विभागले सुरु गरेको हो । हालसम्म विभागले करिब ५० लाख कार्ड छापेको छ । त्यसमध्ये सर्वसाधरणले १० लाख मात्र लिएका छन् । राहदानी बनाउन बाहेक अन्य सरकारी सेवाका लागि परियचपत्र नम्बर अनिवार्य गरिएको छैन । जसकारण धेरै सर्वसाधरण कार्ड लिन गएका छैनन् । सरकारले अन्य सेवामा पनि परिचयपत्र नम्बर अनिवार्य गर्दै लैजाने भएकाले कार्डसम्बन्धि सेवा सरल बनाउँदै लगेको छ ।
सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को सट्टा समेत राष्ट्रिय परिचयपत्र नै दखाउँदा हुने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच गत साता समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुसार ट्राफिक प्रहरीले पनि क्युआरमार्फत परिचयपत्र क्यान गरेर लाइसेन्स भए/नभएको जाँच गर्ने प्रणाली कार्यान्वायन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रदेशका यातायात मन्त्रालयमार्फत ट्राफिक प्रहरीलाई मोबाइल जस्तै क्युआर रिडर खरिद गरी वितरण गर्ने समझदारी भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिनेलाई  अनिवार्य रुपमा राष्ट्रिय परिचय नम्बर दर्ता गराउनु पर्ने निणर्य लागु भएसंगै यस विरुद्ध रिट परेको थियो । त्यस पश्चात नागरिकलाई सहजताका लागि वेभसाइडबाट नै परिचय पत्र नम्बर हेर्न र प्रिन्टसहितको सुविधा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग दिने निणर्य गरेको हो ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *