• भदौ १३, २०८१
  • No Comment
  • 233

अब राष्ट्रिय परिचयपत्र सर्वसाधरणले आफै हेर्न र प्रिन्ट गर्न मिल्ने

अब राष्ट्रिय परिचयत्र सर्वसाधरण आफैंले वेभसाइटमा हेर्न प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आइतबारदेखि यस्तो सुविधा दिएको हो ।
पञ्जीकरण विभागको वेभसाइडमा गइ नागरिकता नम्बर तथा जन्म मिति राखेपछि परिचयपत्र हेर्न सकिने र सर्वसाधरणले आवश्यकअनुसार सामान्य कागजमा आफैं प्रिन्ट गर्न मिल्ने सिष्टम बनाएको छ । अब परिचयपत्र प्रणालीमा इनरोल भएर नम्बर हराएकाहरुले पनि यहीबाट आफ्नो नम्बर प्राप्त गर्न सक्नेछन्  विभागले जनाएकाे छ र साथै परिचयपत्र पनि आफैं प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।’ क्युआरकोडमार्फत समेत सो वेभसाइडमा जान मिल्ने गरी विभागले आइतबार परिपत्र गर्नुका लागि सूचना प्रकाशित गरेको छ ।  दुई सातापछि क्युआरकोडसहितकै परिचयपत्र सर्वसाधरण आफैंले छाप्न मिल्ने गरी प्रणाली बनाउन लागिएको छ ।

चिपसहितको कार्ड छाप्न समय लाग्ने भएकाले यसरी सामान्य कागजत्रमा कार्ड छाप्न मिल्ने सुविधा विभागले सुरु गरेको हो । हालसम्म विभागले करिब ५० लाख कार्ड छापेको छ । त्यसमध्ये सर्वसाधरणले १० लाख मात्र लिएका छन् । राहदानी बनाउन बाहेक अन्य सरकारी सेवाका लागि परियचपत्र नम्बर अनिवार्य गरिएको छैन । जसकारण धेरै सर्वसाधरण कार्ड लिन गएका छैनन् । सरकारले अन्य सेवामा पनि परिचयपत्र नम्बर अनिवार्य गर्दै लैजाने भएकाले कार्डसम्बन्धि सेवा सरल बनाउँदै लगेको छ ।
सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को सट्टा समेत राष्ट्रिय परिचयपत्र नै दखाउँदा हुने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच गत साता समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुसार ट्राफिक प्रहरीले पनि क्युआरमार्फत परिचयपत्र क्यान गरेर लाइसेन्स भए/नभएको जाँच गर्ने प्रणाली कार्यान्वायन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रदेशका यातायात मन्त्रालयमार्फत ट्राफिक प्रहरीलाई मोबाइल जस्तै क्युआर रिडर खरिद गरी वितरण गर्ने समझदारी भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिनेलाई  अनिवार्य रुपमा राष्ट्रिय परिचय नम्बर दर्ता गराउनु पर्ने निणर्य लागु भएसंगै यस विरुद्ध रिट परेको थियो । त्यस पश्चात नागरिकलाई सहजताका लागि वेभसाइडबाट नै परिचय पत्र नम्बर हेर्न र प्रिन्टसहितको सुविधा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग दिने निणर्य गरेको हो ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *