• भदौ ११, २०८१
  • No Comment
  • 182

जाजरकोटमा बाढीले पुल भत्काउँदा पठनपाठन ठप्प

अबिरल वर्षाका कारण आएको बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका-६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन ठप्प भएको छ ।  खोला तर्न नसक्दा विद्यार्थीहरुको पठनपाठन बन्द भएको हो ।

विद्यालयहरूले खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।

विद्यालय जाने बाटोमा रहेको भिउसखोलाको  पुल बाढिले भत्काए पछि  विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भिउसखोलामा रहेकाे पुल बाढीले भत्काए पछि  ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाकाे पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ र  विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको पूर्वाधार विकास कार्यालयले बताएकाे छ ।

 

विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाले बताएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *