• भदौ ११, २०८१
  • No Comment
  • 185

आज ऐतिहासिक भगवती जात्रा, हजारौं श्रद्धालु जाग्राम

आज पाल्पामा ऐतिहासिक भगवतीको रथयात्रा सुरु हुदैछ । यस दिनलाई भगवती जात्राको नामले चिनिन्छ । अघिल्लो रातीदेखि नै हजारै श्रद्धालुहरु जाग्राम बसेका छन ।
नेपाली – अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रूपका मनाइने ऐतिहासिक भगवती जात्रा (खट यात्रा) आज निकालिँदै छ । यो वषौंदेखि रथयात्रा निकाल्दै जात्रा मनाइने गरिन्छ ।

पश्चिम नेपालको मुख्य जात्राको रूपमा रहेको भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलोकनका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन पुग्ने कार्यक्रम रहेको छ। साथै जात्रा अवलोकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा पुग्ने भगवती गुठी प्रचारप्रसार संयोजक पदम न्यौपानेले जानकारी दिए ।

नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २ सय ५ औँ हो । भगवती जात्राको तयारी पूरा भएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रदर्शन गर्ने गर्दछन् ।

जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *