• भदौ ११, २०८१
  • No Comment
  • 243

आज ऐतिहासिक भगवती जात्रा, हजारौं श्रद्धालु जाग्राम

आज पाल्पामा ऐतिहासिक भगवतीको रथयात्रा सुरु हुदैछ । यस दिनलाई भगवती जात्राको नामले चिनिन्छ । अघिल्लो रातीदेखि नै हजारै श्रद्धालुहरु जाग्राम बसेका छन ।
नेपाली – अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रूपका मनाइने ऐतिहासिक भगवती जात्रा (खट यात्रा) आज निकालिँदै छ । यो वषौंदेखि रथयात्रा निकाल्दै जात्रा मनाइने गरिन्छ ।

पश्चिम नेपालको मुख्य जात्राको रूपमा रहेको भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलोकनका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन पुग्ने कार्यक्रम रहेको छ। साथै जात्रा अवलोकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा पुग्ने भगवती गुठी प्रचारप्रसार संयोजक पदम न्यौपानेले जानकारी दिए ।

नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २ सय ५ औँ हो । भगवती जात्राको तयारी पूरा भएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रदर्शन गर्ने गर्दछन् ।

जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *