• भदौ १, २०८१
  • No Comment
  • 198

पहिरोले सुर्खेत – जाजरकोट सडक खण्ड अवरोध

दुर्गा खड्का, सुर्खेत । अविरल वर्षाका कारण सुर्खेत  – जाजरकोट सडक खण्ड अवरोध भएको छ । भेरी नगरपालिका – ११ स्थित शनिबार कुदु र मटेलाको बीचमा पहिरो आएर सुर्खेंत – जाजरकोट सडक खण्ड अवरोध भएको छ ।

त्यहाँका स्थानियले पहिरो गएको सुचना दिए पश्चात जाजरकोट प्रहरी चौकी कुदुका प्रहरी सहायक निरीक्षक देव बहादुर नेपालीको कमाण्डमा ४ जनाको टोली खटिएको हो ।
पहिरोमा ठुला ठुला ढुगां आएर सडकमा फसेकाले सडक अवरुद्ध भएको हो ।

सडक सधार गर्नका लागि ठुलो जे सि बि को पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरसंग बताए ।

उपरीक्षक पाण्डेका अनुसार कुदु भिर नजिकै र फेरा बजार नजिकै गरी दुई ठाउँ पहिरोले बाटो अवरोध भएको छ ।
यहाँको आवतजावत पुर्णरुपमा बन्द भएको छ । बाकिँ अपडेट आउन बाँकि छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *