• साउन ३१, २०८१
  • No Comment
  • 185

सिन्धुलीमा जिप दुर्घटना परि ३ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् ।
कमलामाई नगरपालिका-२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप बिहीबार बिहान सवा ९ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका-६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए ।

निरीक्षक कटवालका अनुसार उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । जसमध्ये जिप चालक गोलञ्जोर-६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकसँगै गोलञ्जोर-६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोलञ्जोर- ६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई-५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन् ।

उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । र दुर्घटनाबारे बाँकि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *