• साउन ३१, २०८१
  • No Comment
  • 224

सिन्धुलीमा जिप दुर्घटना परि ३ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् ।
कमलामाई नगरपालिका-२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप बिहीबार बिहान सवा ९ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका-६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए ।

निरीक्षक कटवालका अनुसार उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । जसमध्ये जिप चालक गोलञ्जोर-६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकसँगै गोलञ्जोर-६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोलञ्जोर- ६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई-५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन् ।

उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । र दुर्घटनाबारे बाँकि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *