• साउन २९, २०८१
  • No Comment
  • 553

व्यवसायिक ड्रागन फ्रुट खेतीमा रमाउँदै चौकुने गाँउपालिका ८ किथौरेका किसान बिष्णु सापकोटा

दिलिप कडेल, चौकुने सुर्खेत ।  सुर्खेत जिल्लाको चौकुने गाँउपालिका वडा नं. ८ मा अहिले व्यावसायिक रुपमा ड्रागन फ्रुटको खेति गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८ स्थित किथौरेमा विगत लामो समयदेखि तरकारी खेती गर्दै आएका विष्णु सापकोटाले तीन वर्ष यता ड्राइगन खेतिमा व्यस्त छन ।

बिष्णु सापकोटाले पबित्रा कृषि तथा पशु पक्षि फर्म दर्ता गरि ४ लाख रुपैयाँ लगानीमा बिगत ३ बर्षदेखि ३ रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाएका हुन ।   उनले सोंचे जति राम्रो बजारीकरण नभएपनि ड्रगन फ्रुटबाट राम्रै आम्दानी भएको बताउँछन् ।  पञ्चपुरी नगरपालिका र चौकुने गाँउपालिकाका विभिन्न स्थानबाट ड्रागन फ्रुट लिन आउने गरेका छन् ।

माग अनुसार फर्ममा सोचेजस्तो उत्पादन गर्न नसके पनि थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यस ड्रगन फ्रुट खेतीतर्फ लाग्न अन्य युवा कृषकलाई समेत आग्रह गर्दै ड्रागन फ्रुट खेतिको बारेमा आफुले परामर्श समेत दिने बताएका छन ।

भाैगाेलिक बनावटका कारण राम्राे बजारिकरण गर्न नसकेकाे र बिकासका पुर्वाधारले साथ दिए युवालार्इ बिदेशीन नपर्ने सापकाेटा बताउछन ।

सम्बन्धित खबर

कर्णाली युवा आइकन मनिष जङ्ग शाहीद्वारा सात फिट अग्लो शिव मूर्ति स्थापना

कर्णाली युवा आइकन मनिष जङ्ग शाहीद्वारा सात फिट अग्लो…

कालिकोट : कालिकोट जिल्लाको महाबै गाउँपालिका–६ स्थित पान्तडी बजार क्षेत्रमा युवा व्यवसायी तथा कर्णाली युवा आइकन  मनिष जङ्ग शाहीद्वारा सात फिट…
उत्तर प्रदेशमा आँधीका कारण ५६ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधीका कारण ५६ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तर प्रदेशमा गएराति आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते…
जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…

Leave a Reply

Your email address will not be published. Required fields are marked *