• बैशाख ३१, २०८३
  • No Comment
  • 24

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त समाज’ निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियान अन्तर्गत प्रहरीले १८२२ रोपनी क्षेत्रफलमा फैलिएको अवैध खेती फँडानी गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार २०८० चैत २१ गतेदेखि २०८१ वैशाख ३० गतेसम्म सञ्चालन गरिएको अभियानमा जिल्लाका ६ वटा स्थानीय तहका विभिन्न वडामा पुगेर १७७४ रोपनी क्षेत्रफलमा लगाइएको अफिम तथा ४८ रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरिएको हो।

फँडानी गरिएको क्षेत्रफलमध्ये सबैभन्दा बढी नलगाड नगरपालिकामा रहेको प्रहरीले जनाएको छ। नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १० र १३ मा गरी ९५७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ।

त्यसैगरी, बारेकोट गाउँपालिकाका विभिन्न वडामा ५६३ रोपनी अफिम तथा २४ रोपनी गाँजा गरी कुल ५८७ रोपनी क्षेत्रफलमा गरिएको अवैध खेती फँडानी गरिएको प्रहरीले जानकारी दिएको छ। छेडागाड नगरपालिकामा ८० रोपनी, भेरी नगरपालिकामा ७३ रोपनी तथा जुनचाँदे गाउँपालिकामा ५७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ।

यस्तै, कुशे गाउँपालिकामा ४४ रोपनी अफिम र २४ रोपनी गाँजा गरी कुल ६८ रोपनी क्षेत्रफलमा गरिएको अवैध खेती प्रहरीले फँडानी गरेको जनाएको छ।

प्रहरीले अवैध लागुऔषध उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्न गाउँ–गाउँमा पुगेर अभियान सञ्चालन गरिएको जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *