• साउन २९, २०८१
  • No Comment
  • 441

व्यवसायिक ड्रागन फ्रुट खेतीमा रमाउँदै चौकुने गाँउपालिका ८ किथौरेका किसान बिष्णु सापकोटा

दिलिप कडेल, चौकुने सुर्खेत ।  सुर्खेत जिल्लाको चौकुने गाँउपालिका वडा नं. ८ मा अहिले व्यावसायिक रुपमा ड्रागन फ्रुटको खेति गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८ स्थित किथौरेमा विगत लामो समयदेखि तरकारी खेती गर्दै आएका विष्णु सापकोटाले तीन वर्ष यता ड्राइगन खेतिमा व्यस्त छन ।

बिष्णु सापकोटाले पबित्रा कृषि तथा पशु पक्षि फर्म दर्ता गरि ४ लाख रुपैयाँ लगानीमा बिगत ३ बर्षदेखि ३ रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाएका हुन ।   उनले सोंचे जति राम्रो बजारीकरण नभएपनि ड्रगन फ्रुटबाट राम्रै आम्दानी भएको बताउँछन् ।  पञ्चपुरी नगरपालिका र चौकुने गाँउपालिकाका विभिन्न स्थानबाट ड्रागन फ्रुट लिन आउने गरेका छन् ।

माग अनुसार फर्ममा सोचेजस्तो उत्पादन गर्न नसके पनि थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यस ड्रगन फ्रुट खेतीतर्फ लाग्न अन्य युवा कृषकलाई समेत आग्रह गर्दै ड्रागन फ्रुट खेतिको बारेमा आफुले परामर्श समेत दिने बताएका छन ।

भाैगाेलिक बनावटका कारण राम्राे बजारिकरण गर्न नसकेकाे र बिकासका पुर्वाधारले साथ दिए युवालार्इ बिदेशीन नपर्ने सापकाेटा बताउछन ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *