• साउन २९, २०८१
  • No Comment
  • 57

ट्रकमा च्यापिएर चालकको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शम्भुनाथ-५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको छ ।

सम्बन्धित खबर

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद…
सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा…
डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाईकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *