• बैशाख १७, २०८०
  • No Comment
  • 98

मौसम सुधार हुन केही दिन लाग्ने, पहाडमा वर्षा र तराईमा हावाहुरी

१७ वैशाख, काठमाडौं । केही दिनदेखि मौसम बदली भई ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ ।

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।

सम्बन्धित खबर

बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

दिलिप कडेल, केही समय छाडा चौपाया नदेखिएको बाबियाचौर बजारक्षेत्रमा केहि दिनयता पुन सडकभरि छाडा चौपायाको लस्कर देखिन थालेको छ । सडक…
पर्वतमा असिनाले धानबाली नष्ट, किसान चिन्तित

पर्वतमा असिनाले धानबाली नष्ट, किसान चिन्तित

पर्वत जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको…
मेथी सेवनका यस्ता छन चमत्कारी फाइदा

मेथी सेवनका यस्ता छन चमत्कारी फाइदा

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । प्राचीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *