• बैशाख १७, २०८०
  • No Comment
  • 423

मौसम सुधार हुन केही दिन लाग्ने, पहाडमा वर्षा र तराईमा हावाहुरी

१७ वैशाख, काठमाडौं । केही दिनदेखि मौसम बदली भई ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ ।

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *