• साउन १०, २०८१
  • No Comment
  • 45

विधुत कार्यालयको लापरवाही नागरिकलाई सास्ती, ३६ घन्टामा विद्युत सुचारू बडिचाैरमा

सुर्खेत विधुत कार्यालयको लापरवाहीले बडिचाैरकाे नागरिकलाई सास्ती झेल्नु परेको छ । सामान्य प्राकृतिक प्रकोपको क्षेती बाहेकका समयमा पनि विधुत अवरुद्ध हुने गरेको छ । विधुतमा समस्या देखिएपछि प्राधिकरणले जति सक्दो चाडो मर्मत गरि ग्राहकलाई बिधुत उपलब्ध गराउनु पर्ने हुन्छ । तर बिधुत प्राधिकरणले ३६ घन्टा पछि फल्ट पत्ता लगाई बिधुत सुचारु गर्छ । यसमा बिधुतको मर्मत शाखाले कति छिटो प्राविधिकलाई फिल्ड खटाई जनतालाई छिटो बिधुत सेवा दिन्छ भन्ने हो त्यो मामिला भने बिधुत प्राधिकरण मर्मत शाखा फाट चुकेको देखिन्छ ।

मर्मत शाखा भने जङ्गल बिचबाट गएको हुदा लाईन बिग्रने गरेको भनेर जबाफ दिईरह्न्छ । त्यसो त जङ्गल भएर सुर्खेत धेरै ठाउमा जङ्गलका भुभाग बाटै लाईन गएको छ तर ११ केभी प्रसारण लाईन दायाँ र बायाँ रुख का हागा लागेको छ भने त्यसको हटाउने जिम्मा बिधुत प्राधिकरणको हो लाईन प्रेटोलिङ गरि जहाँ बिगि्रएको फेला पर्दछ त्यहा मर्मत गर्ने जिम्मा स्वयम् प्राधिकरण कै हो । तर यस्ता कार्यमा बिधुत ढिलो नजर जान्छ । मिडियाले नै फोन गरि जबाफ खोज्दा प्राधिकरण प्रमुखले फोन काटीदिएर पन्छिने गरेका छन ।

३५ घन्टा सम्म पनि बिधुत प्रसार नहुदा त्यसले ग्राहकमा कति असर गर्दछ त्यसको जानकार बिधुत नभएको भने होइन । तर बराहतालमा ३५ घन्टा सम्म पनि बिधुत प्रसारण नहुदा प्राधिकारणको वेवास्ताका कारण ईन्टरनेट र बैंकिग क्षेत्रमा व्याट्री डाउन हुदाँ टाढाबाट भत्ताका लागि आउने वृद्ध आमा बुवालाई सेवा लिदाँ ईन्टरनेट इरर भइरहँदा आउने जाने समस्या हुने भएको थियो नेट्वोर्क समस्या ,दैनिक सरकारी अफिस र प्राईबेट अफिसबाट हुने काम कार्बाही प्राभित बन्यो । बराहतालको सम्पुणर् वडा हेर्ने जिम्मेवारी फोरमेन पदम बहादुर बुढाको हो । तर उनले कर्मचारी परिचालनमा ढिलाई गर्दा यस्तो अवस्था आएको हो बुझ्न सकिन्छ ।

अब चर्चा, प्रदेशको ठेक्का ,ठेकेदार काम

नेपाल बिधुत प्राधिकरण कर्णाली प्रदेशले हेर्ने गरि काम भईरहेको काम लम्की बाबियाचौर , बडिचौर हुँदै बिरेन्द्र नगर सम्मको जब यो काम ले गतिलिन थाल्यो धमाधम ३३ केभीको तार जोड्न सुरु गरियो काम अन्तिम सम्म पुग्यो कमसल पोल गाडाईले तारलाई धाम्न नसक्दा बडिचौर देखि बाङेसिमल सम्म धेरै जस्तो पोल ढलेर लथालिङ्ग छ। जति सक्दो चाडो बैकल्पिक ३३ केभी रुपमा हेरिएको बिधुतलाई अधिकांस पोल ढल्दा र तार रुखमा लाग्दा अझै केही समय लागेन देखिन्छ । तर कमसल रुपमा पोल गाडेर पनि भुतानी दिनु नेपाल बिधुत प्राधिकरण कर्णाली प्रदेशको लापरबाही देखिन्छ ।

करिब एक महिना अगाडी आएको हावाहुरीको कारण रेडियो नेपाल क्षेत्रमा ढलेको ११ पोल पुन गाड्ने काम थालनी गरिएको छैन प्रदेशले गरेको छैन । हाल त्यस स्थान १३ मिटर पोल आवस्यक पर्ने देखिन्छ तर कर्णाली प्रदेश कार्यलय त्यसकामलाई ढिलाई गरेको छ। ठेक्कामा दिने र त्यसको निरीक्षण नगर्नाले यो स्मस्याआएको हामी सोझै अनुमान भने लगाउन सक्छौ । कर्णाली प्रदेश भरी हेर्ने कार्यलयले यस्ता अपरिक्क काम हुदा अन्य जिल्ला गरिएको पोलिङका काम अथवा अन्य काम गतिलो ढंगका छैनन भन्ने सजिलै अनुमान लगाउन सक्छौ । अहिके ढलेका पोललाई उठाउने कामलाई तिब्रता दिएपनि प्रदेशको बजेट फजुल खर्च भएको देखिन्छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *