• साउन ७, २०८१
  • No Comment
  • 54

माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते

चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतीबाट काठमाडौँ तर्फ जादैँ गरेको ग१ख ९१५५ नम्बरको माइक्रो आज बिहान नारायणगढ-मुग्लिन खण्डअन्तर्गत इच्छाकामना-६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका-८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । १७ जना यात्रु सवार माइक्रो अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन् । हो । प्रहरीले माइक्र्रो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *