• असार २५, २०८१
  • No Comment
  • 97

पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँःजनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन।

पार्टीको पोखरा महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताए ।

‘पार्टी संगठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो‘, उपमहासचिव शर्माले भने, ‘संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।’ पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उनले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताए।

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उनको भनाइ थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उनले बताए। माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताए ।

सम्बन्धित खबर

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ७ अमलटाकुरामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । चौकुने गाउँपालिकाका सबै वडा…
सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा…

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे…
गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

जागर सबैको भान्सा घरमा प्रयोग भइरहने चीज भएकाले परितित नै हुन्छन । यसलाई खानामा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । गाजर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *