• जेष्ठ २१, २०८३
  • No Comment
  • 27

चौकुने गाउँपालिका वडा न ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ७ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ७ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ७ को धामीडाँडा सहिद स्मृति पार्कमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा न ७ को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले बताउनुभयो । हरेक विकास निर्माणका कार्यलाई नियमित अनुगमन गरेको बताउँदै कही कतै कुनै पनि काममा ढिला सुस्ती, अनिमियता भईरहेको छ भने उच्च निगरानीका साथ आवश्यक कदम चाल्ने बताउनुभयो । एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली , महिला वडा सदस्य अम्बी बि क ,वडा सदस्य गोपी कामी , लगायतको उपस्थित रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपालीको स्वागत मन्तव्य रहेकोे थियोे भने कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट, असार २९ — कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै नौवटै स्थानीय तह पूर्णखोप सुनिश्चित…
सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *