- जेष्ठ २०, २०८३
- No Comment
- 5
दैलेखमा बाबुले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका कबिराज र यादवबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा कबिराजले खुर्पा प्रहार गर्दा यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले कबिराज थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।



