• जेष्ठ २०, २०८३
  • No Comment
  • 64

दैलेखमा बाबुले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका कबिराज र यादवबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा कबिराजले खुर्पा प्रहार गर्दा यादव गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले कबिराज थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *