• जेष्ठ २०, २०८३
  • No Comment
  • 17

यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ

 तेह्रथुम, असार ३ — तेह्रथुममा अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

म्याङ्लुङ नगरपालिकाबाट आवश्यक अनुमति नलिई यार्सागुम्बा टिपेको अभियोगमा सङ्खुवासभाको मादी नगरपालिका–९ निवासी जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार पक्राउ परेकाहरूको साथबाट १३ थान यार्सागुम्बा तथा नौ वटा मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाको समूहले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचनाका आधारमा मङ्गलबार प्रहरी टोली परिचालन गरिएको थियो। मोटरसाइकल राखिएको स्थानमा गरिएको जाँचका क्रममा यार्सागुम्बासहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय तेह्रथुमका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार यार्सागुम्बा सङ्कलन गर्नुअघि तोकिएको राजस्व तिर्न अनिवार्य छ। अनुमति बिना सङ्कलन गरेको पाइएमा प्रतिकिलो ३१ हजार रुपैयाँका दरले जरिवाना लाग्ने व्यवस्था रहेको छ भने प्रतिवटा ३१ रुपैयाँसमेत शुल्क लाग्ने उनले बताए।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाका अनुसार यार्सागुम्बा निर्यातबाट वार्षिक करिब तीन लाख रुपैयाँ तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुँदै आएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *