• जेष्ठ २०, २०८३
  • No Comment
  • 1

भेरी नदीमा डुबेर जाजरकोटका १३ वर्षीय बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

भेरी नगरपालिका–११ मटेला निवासी अजय गिरीका अन्दाजी १३ वर्षीय छोरा अनिष गिरीको नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ः३० बजे मटेलास्थित भेरी नदीमा पौडी खेल्ने क्रममा अनिष डुबेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा बालकको उद्धार गरी तत्काल उपचारका लागि रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारी पठाइएको थियो। अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर रहेको बताइएको छ।

अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा दिउँसो ३ः५५ बजे अनिषलाई मृत घोषणा गरेका थिए।

मृतक बालकको शव हाल मिसन अस्पताल चौरजहारीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान  भइरहेकाे जनाएको छ।

सम्बन्धित खबर

दैलेखमा बाबुले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

दैलेखमा बाबुले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले ४५ वर्षीय छोरा यादव…
यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ

यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ

 तेह्रथुम, असार ३ — तेह्रथुममा अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। म्याङ्लुङ नगरपालिकाबाट आवश्यक अनुमति नलिई…
बाबुराम भट्टराईको टिप्पणी: काठमाडौँ र दिल्लीका आवाज प्रिय छैनन्

बाबुराम भट्टराईको टिप्पणी: काठमाडौँ र दिल्लीका आवाज प्रिय छैनन्

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिवेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाजहरू त्यति प्रिय नरहेको जिकिर गरेका छन्। राष्ट्रिय स्वतन्त्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *