• जेष्ठ १८, २०८३
  • No Comment
  • 16

 जाजरकोटमा महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप रास्वपा नेता पक्राउ

जाजरकोट, जेठ १८ — जाजरकोटको कुशे गाउँपालिकामा एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेता पक्राउ परेका छन्।

रास्वपा जाजरकोटको कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही उक्त आरोपमा समातिएका हुन् ।

 प्रहरीका अनुसार गत जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका–६ स्थित खरढुङ्गा स्वास्थ्य चौकी भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गरी हातपात तथा कुटपिट गरिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा नेता शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाहीविरुद्ध जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट अभद्र व्यवहार कसुर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्का ले जानकारी दिनुभयो।

 

सम्बन्धित खबर

पदम केसी मृत्यु प्रकरणमा नयाँ मोड : हत्या पुष्टि, तत्कालीन प्रहरी अधिकारीमाथि कारबाही सिफारिस

पदम केसी मृत्यु प्रकरणमा नयाँ मोड : हत्या पुष्टि,…

सोमबार, जेठ १८, काठमाडौं । अर्घाखाँचीमा एक जघन्य अपराधको अनुसन्धानमा कमजोरी गरिएको पाएपछि त्यो बेला अनुसन्धान गर्ने अधिकारीमाथि कारबाही हुने भएको…
जाजरकोटमा अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा  फरार रहेका चन्द पक्राउ

जाजरकोटमा अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा फरार रहेका चन्द…

जाजरकोट, जेठ १८ — अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ।…
रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी सर्वसम्मत चयन

रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी…

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चिङ्गाड गाउँपालिकाको प्रथम सम्मेलन तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले महेश जिसीको नेतृत्वमा नयाँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *