• जेष्ठ १८, २०८३
  • No Comment
  • 30

रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी सर्वसम्मत चयन

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चिङ्गाड गाउँपालिकाको प्रथम सम्मेलन तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले महेश जिसीको नेतृत्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट जिसी सभापति चयन हुँदा उपसभापतिमा देविसरा रोकाय, सचिवमा धनबहादुर रोकाय र सहसचिवमा मधुकर शर्मा निर्वाचित भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा भुपेन्द्र खड्का, डम्बरबहादुर अधिकारी, मिना दमाई, तुलसा नेपाली र आसाराम राना चयन भएका छन्।

अधिवेशनले महाधिवेशन प्रतिनिधिमा खगेन्द्र जिसी तथा प्रदेश प्रतिनिधिमा भक्तबहादुर राना र कमल घर्तीलाई चयन गरेको छ। त्यस्तै, जिल्ला प्रतिनिधिहरूमा मानबहादुर बिसी, तुलसिङ खड्का र तारा रोकाय निर्वाचित भएका छन्।

अधिवेशनले नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई गाउँपालिका स्तरमा थप सुदृढ बनाउने तथा स्थानीय जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *