• जेष्ठ १८, २०८३
  • No Comment
  • 15

हुम्ला–बाजुरा सीमा विवाद छानबिन गर्न गृह मन्त्रालयको टोली हुम्लामा

सिमकोट, जेठ १८ — हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा झडपबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। टोलीले विवादित क्षेत्र लाम्पाटा र च्याचौरको निरीक्षण गरी स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।

गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादका कारण हुम्ला र बाजुराका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए। त्यसपछि गृह मन्त्रालयले घटनाको अध्ययन तथा समाधानका लागि छुट्टाछुट्टै समिति गठन गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि सीमा विवाद चर्किएको बताइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *