• जेष्ठ १८, २०८३
  • No Comment
  • 4

जाजरकोटमा अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा फरार रहेका चन्द पक्राउ

जाजरकोट, जेठ १८ — अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत जाजरकोटको २०८० माघ २८ गतेको फैसलाअनुसार लगत नम्बर ३४२ मा २६ दिन कैद सजाय तोकिएका कुशे गाउँपालिका–५ निवासी गोविन्द बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। फैसला पश्चात् फरार रहेका चन्दलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बिहान करिब ७:३० बजे उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका चन्दलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन जिल्ला अदालत जाजरकोटमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय भुक्तानका लागि उनलाई कारागार कार्यालय जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्का ले जानकारी दिनुभयो।

सम्बन्धित खबर

पदम केसी मृत्यु प्रकरणमा नयाँ मोड : हत्या पुष्टि, तत्कालीन प्रहरी अधिकारीमाथि कारबाही सिफारिस

पदम केसी मृत्यु प्रकरणमा नयाँ मोड : हत्या पुष्टि,…

सोमबार, जेठ १८, काठमाडौं । अर्घाखाँचीमा एक जघन्य अपराधको अनुसन्धानमा कमजोरी गरिएको पाएपछि त्यो बेला अनुसन्धान गर्ने अधिकारीमाथि कारबाही हुने भएको…
 जाजरकोटमा महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप रास्वपा नेता पक्राउ

 जाजरकोटमा महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप रास्वपा नेता…

जाजरकोट, जेठ १८ — जाजरकोटको कुशे गाउँपालिकामा एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी सर्वसम्मत चयन

रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी…

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चिङ्गाड गाउँपालिकाको प्रथम सम्मेलन तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले महेश जिसीको नेतृत्वमा नयाँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *