• जेष्ठ १८, २०८३
  • No Comment
  • 19

नेपालमा सक्रिय मौसमी प्रणाली: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र नेपाल नजिक रहेको न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ। हाल कोशी, बागमती र कर्णालीका केही स्थान तथा गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य तथा तराईमा आंशिक बदली रहनेछ। यस क्रममा कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान र कोशी तथा लुम्बिनीका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशको हिमाली क्षेत्रमा सामान्य र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा सुदूरपश्चिम र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *