- बैशाख २९, २०८३
- No Comment
- 23
श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ गरेको जनाएको छ।
सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय आलमलाई मन्त्री यादवले २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए।
पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार आलमले एकान्त स्थानमा लगेर बन्धक बनाउने, डरत्रास देखाउने, कुटपिट गर्ने तथा कपडा खोली नांगो बनाई भिडियो खिच्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि नेपाल प्रहरीले आलमलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेको छ।



