• बैशाख २८, २०८३
  • No Comment
  • 2

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पक्राउ परेकी शाहीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि अदालतबाट म्यादसमेत थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…
सरकारी बजेट दुरुपयोग होइन, संरक्षण गर्नुस् : मुख्यमन्त्री कँडेल

सरकारी बजेट दुरुपयोग होइन, संरक्षण गर्नुस् : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी बजेटलाई नागरिकले आफ्नै सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन्। बराहताल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *