- बैशाख २४, २०८३
- No Comment
- 1
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता प्रकरणमा कार्कीलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले उनीविरुद्ध ३ अर्ब रुपैयाँभन्दा बढी विगो मागदाबी गरेको जनाएको छ।
पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताबारे लामो समयदेखि अनुसन्धान भइरहेको थियो। मुद्दासम्बन्धी थप प्रक्रिया विशेष अदालतमार्फत अघि बढ्नेछ।



