• बैशाख २१, २०८३
  • No Comment
  • 38

मिडियाविरुद्ध निकिता पौडेलको ५–५ करोड दाबी नपुग्ने फैसला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र पत्रकारविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले पौडेलको मागदाबी पुष्टि हुन नसकेको ठहर गर्दै मुद्दा खारेज गरेको हो।

पौडेलले साइ स्वागत सहकारी संस्थासँग सम्बन्धित समाचार प्रकाशन गरेको आरोपमा २०८० चैत २३ गते जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित कान्तिपुर, अनलाइनखबर, नागरिक, अर्थ सरोकार, उकेरा लगायत नौ सञ्चारमाध्यमलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेकी थिइन्।

०८०–सि ४–३८९० दर्ता नम्बरको उक्त मुद्दा नौ पटक पेशी चढेपछि अन्ततः अदालतले दाबी नपुग्ने निर्णय दिएको हो। विपक्षीका तर्फबाट अधिवक्ताहरूले बहस गरेका थिए।

सम्बन्धित समाचारमा सहकारीबाट रकम निकालेर व्यक्तिगत प्रयोजनमा खर्च गरिएको विषय उल्लेख गरिएको थियो। उक्त सामग्रीप्रति असन्तुष्टि जनाउँदै पौडेलले खण्डन पठाएकी थिइन्।

यद्यपि खण्डन प्रकाशित भइसकेपछि पनि उनले प्रत्येक प्रतिवादीसँग ५ करोड रुपैयाँका दरले कुल १ अर्ब ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन्। अदालतको पछिल्लो फैसलासँगै उक्त मागदाबी अस्वीकृत भएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *