- बैशाख ६, २०८३
- No Comment
- 5
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

लाईका संवाददाता
July 8, 2024
0Shares
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिपमा १८ जना सवार रहेकोमा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी सुर्खेतस्थित मेहेलकुना अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



