• बैशाख ३, २०८३
  • No Comment
  • 1

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

 बिहिबार बिहान वडा नं. १२ स्थित किदुर छेडाखोलामा अन्दाजी ४५ वर्ष उमेरका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोट ले जनाएको छ । बिहान करिब ७:४५ बजे स्थानीय खोलाको ढुङ्गामा अड्किएको र घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको थियो । हाल उक्त शवलाई पोस्टमार्टम तथा पहिचानका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोटको शवगृहमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन भने आफन्तजनसमेत सम्पर्कमा आएका छैनन् ।

प्रहरीले मृतकको हुलिया वा फोटोका आधारमा चिन्ने जो–कोहीलाई नजिकको प्रहरी कार्यालय वा एक बहादुर नेपाली (प्रहरी निरीक्षक) लाई ९८५८०५०७७७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…
रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार…

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी निर्धारण गरेको छ । बिहीबार सिंहदरबारमा बसेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *