• फाल्गुन ७, २०८२
  • No Comment
  • 49

लोकतन्त्रको ठेक्का कसैले लिनु पर्दैन, जनताले लिन्छ : रवि लामिछाने

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले लोकतन्त्रको ठेक्का कसैले लिन नहुने बताएका छन्। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले लोकतन्त्र जोगाउने जिम्मेवारी जनताकै हातमा रहेको बताए।

घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने, “लोकतन्त्र कुनै नेता वा पार्टीको होइन, यो जनताको हो। जनता जागेको बेला कसैले कचकच गर्न पाउँदैन।” उनले रास्वपाको वैदेशिक नीतिप्रति अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै पार्टी दीर्घकालीन समस्या समाधानतर्फ उन्मुख रहेको दाबी गरे।

उनले बहुमतको स्थायी सरकार दिन नसके मुलुक फेरि अस्थिरतातर्फ जान सक्ने चेतावनी दिँदै जनताले परिवर्तनका लागि रास्वपा रोजेको उल्लेख गरे। “जनताले नै रास्वपा खोलेका हुन्। देश आँखै अगाडि बिग्रँदै जाँदा त्यसलाई रोक्न हामी अघि बढेका हौँ,” उनले भने।

सरकार गठनको अवसर पाए जनतासँग गरिएको वाचा पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *