• फाल्गुन ५, २०८२
  • No Comment
  • 38

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ ।

निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन ११ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको थियो । सोही स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।

सम्बन्धित खबर

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

कर्णाली, ३ वैशाख । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेश लाई विश्वकै आरोग्य हबका रूपमा विकास गर्न सकिने अनुसन्धानदाताहरूले बताएका छन्…
तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि यी तरिकाहरू पालना गर्नुहोस्

तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि…

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा को माग बढ्न थालेको छ । शरीरलाई शीतलता दिने र पानीको कमी पूर्ति…
जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *