• फाल्गुन ५, २०८२
  • No Comment
  • 75

कार चालकसहित एक सय ६० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित एक सय साठी किलो गाँजा बरामद गरेको छ।

सोमबार मधुवनीचोकतर्फ आइरहेको प्र ०३–०१–००२ च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारलाई शंका लागेपछि जाँच गर्ने क्रममा चालक बुद्धिलाल घलानलाई नियन्त्रणमा लिइएको थियो। कारको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार गाँजासहित पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ।

प्रहरीका अनुसार चालक घलानले कारको डिक्कीबाट प्याकिङ गरिएको गाँजा फ्याँक्ने प्रयास गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट बाइस हजार पाँच सय रुपैयाँ नगद र रियलमी कम्पनीको एक स्मार्टफोनसमेत बरामद गरिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार…

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी निर्धारण गरेको छ । बिहीबार सिंहदरबारमा बसेको…
‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

कर्णाली, ३ वैशाख । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेश लाई विश्वकै आरोग्य हबका रूपमा विकास गर्न सकिने अनुसन्धानदाताहरूले बताएका छन्…
तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि यी तरिकाहरू पालना गर्नुहोस्

तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि…

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा को माग बढ्न थालेको छ । शरीरलाई शीतलता दिने र पानीको कमी पूर्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *