• माघ २८, २०८२
  • No Comment
  • 110

अख्तियारमा सबैभन्दा बढी स्थानीय तहका उजुरी

नेपालगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जमा सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्।

लुम्बिनी प्रदेशका चार जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा स्थानीय तहसँग सम्बन्धित १ सय १७ वटा उजुरी दर्ता भएका छन्। शाखा अधिकृत तथा सूचना अधिकारी कुशल न्यौपानेका अनुसार माघ २५ गतेसम्मको अवधिमा परेका उजुरीमध्ये ४३ वटा फर्छ्यौट भएका छन् भने ७४ वटा छानबिन प्रक्रियामा रहेका छन्।

चालु आर्थिक वर्षमा चार जिल्लाअन्तर्गत नौ वटा स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन्। तीमध्ये सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकासँग सम्बन्धित छन्। त्यसपछि दाङको तुलसीपुर उपमहानगरपालिकासँग सम्बन्धित १८, दाङकै घोराही उपमहानगरपालिकासँग सम्बन्धित १७ उजुरी परेका छन्।

यसैगरी बाँकेको कोहलपुर नगरपालिकासँग सम्बन्धित १६, नेपालगञ्ज उपमहानगरपालिकासँग सम्बन्धित १५, बाँकेकै नरैनापुर गाउँपालिकासँग सम्बन्धित १५, बर्दियाको बारबर्दिया नगरपालिकासँग सम्बन्धित १३, दाङको लमही नगरपालिकासँग सम्बन्धित १२ तथा बाँकेको डुडुवा गाउँपालिकासँग सम्बन्धित १० उजुरी दर्ता भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

उनका अनुसार अन्य ७६ वटा उजुरीसमेत कार्यालयमा परेका छन्। यसरी चालु आर्थिक वर्षमा कुल २ सय १७ उजुरीमध्ये ८८ वटा फर्छ्यौट भइसकेका छन् भने १ सय १९ वटा उजुरीमाथि छानबिन जारी रहेको छ।

दाङ, बाँके, बर्दिया र रोल्पा जिल्ला गरी हालसम्म कुल ४ सय ७१ उजुरी दर्ता भएका छन्। तीमध्ये १ सय ८५ उजुरीको छानबिन सम्पन्न भएको र २ सय ८६ उजुरीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको अख्तियारले जनाएको छ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले अख्तियार स्थापना दिवसको अवसरमा दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा कार्यालयका इन्जिनियर हेमबहादुर सिंजालीलाई २० हजार रुपैयाँ राशीको ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ तथा रञ्जित अधिकारीलाई १० हजार रुपैयाँ राशीको ‘अख्तियार सेवा पुरस्कार’ प्रदान गरिएको सूचना अधिकारी न्यौपानेले बताए।

सम्बन्धित खबर

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *