• माघ २६, २०८२
  • No Comment
  • 73

घरमा लुकाएर राखिएका भालुको पन्जा र भरुवा बन्दुकसहित ७४ वर्षीय वृद्ध पक्राउ

हुम्ला। हुम्लामा अवैध हतियार र वन्यजन्तुका अंग लुकाएर राखेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका–४ बुराउसेका ७४ वर्षीय कुङ्गा सुन्दुप लामा पक्राउ परेका हुन्।

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उनको घरमा छापा मारिएको थियो। घरमा गरिएको खानतलासीका क्रममा लामाको कोठाबाट भरुवा बन्दुक र भालुको पन्जाको नङ्ग्रा भाग फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसँगै लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वन्यजन्तुका अंगको अवैध कारोबार तथा गैरकानुनी हतियार राख्ने कार्य कानुन विपरीत भएकाले यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही गरिनेछ।

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *