• माघ २५, २०८२
  • No Comment
  • 88

सुर्खेतका मतदानस्थलको अनुगमन तथा निरीक्षण 

सुर्खेत — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउन सुर्खेत जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न मतदानस्थलहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलगायतको संयुक्त टोलीले जिल्लाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मतदानस्थलसम्म पुग्ने सडक, मतदानस्थलको सुरक्षा अवस्था तथा अन्य आवश्यक भौतिक पूर्वाधारको अवस्थाबारे अवलोकन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

अनुगमन टोलीले स्थानीय भद्रभलादमी, निर्वाचित स्थानीय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा पदाधिकारीलगायत सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल गरेको छ।

अनुगमनका क्रममा स्थानीयस्तरमा खटिएका सबै सुरक्षा निकायलाई सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै मतदानस्थलहरूमा शान्ति सुरक्षा कायम राख्न, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन तथा मतदाता र उम्मेदवारहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिइएको छ।

साथै निर्वाचनसम्बन्धी कुनै घटना वा कसुर भएमा तथा आचारसंहिता उल्लङ्घन भएको खण्डमा नजिकको प्रहरी कार्यालय, निर्वाचन अधिकृत वा सम्बन्धित सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन सर्वसाधारणमा आग्रह गरिएको छ।

सम्बन्धित खबर

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

कर्णाली, ३ वैशाख । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेश लाई विश्वकै आरोग्य हबका रूपमा विकास गर्न सकिने अनुसन्धानदाताहरूले बताएका छन्…
तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि यी तरिकाहरू पालना गर्नुहोस्

तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि…

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा को माग बढ्न थालेको छ । शरीरलाई शीतलता दिने र पानीको कमी पूर्ति…
जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *