• माघ २५, २०८२
  • No Comment
  • 59

पाकिस्तानमा ३१ जनाको ज्यान लिने हमलाका ‘मास्टरमाइन्ड’ पक्राउ

काठमाडौँ — पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबादमा भएको आत्मघाती आक्रमणका मास्टरमाइन्ड (मुख्य योजनाकार) लाई पक्राउ गरिएको दाबी गरेका छन्। उक्त आक्रमणमा ३१ जनाको ज्यान गएको थियो।

शुक्रबार इस्लामाबादको इमामबाडा क्षेत्रमा रहेको एक शिया मस्जिदमा आत्मघाती बम आक्रमण भएको थियो। गृहमन्त्री नकवीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त आक्रमणका मुख्य योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगानी नागरिक रहेको बताएका हुन्। बीबीसी हिन्दीका अनुसार नकवीले आक्रमणको सम्पूर्ण योजना र तालिम अफगानिस्तानमै भएको दाबी गरेका छन्।

उनका अनुसार घटनासँग सम्बन्धित चार जनालाई पक्राउ गरिएको छ। ती व्यक्तिहरूले मस्जिदमा भएको आत्मघाती आक्रमणमा सहयोग गरेको आशंका गरिएको छ। पक्राउ परेकामध्ये एक जना आक्रमणको मास्टरमाइन्डसमेत रहेको गृहमन्त्री नकवीको भनाइ छ।

नकवीले भने, “हामीसँग अहिले हिरासतमा रहेका व्यक्तिहरूले आक्रमणकारीलाई कसरी पाकिस्तान ल्याइयो र कसरी तालिम दिइयो भन्ने सम्पूर्ण विवरण दिएका छन्।”

उनले पाकिस्तानमा सक्रिय आतंकवादी समूहहरूको जरो अफगानिस्तानमा रहेको समेत दाबी गरेका छन्। तर अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको यस्तो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *