• पुस ७, २०८२
  • No Comment
  • 109

भारतलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तान यु–१९ एसिया कप च्याम्पियन

पाकिस्तानले एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। दुबईमा सम्पन्न फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल तयार गर्‍यो। पाकिस्तानका ओपनर समिर मिनासले उत्कृष्ट प्रदर्शन गर्दै ११३ बलमा १७२ रनको शानदार इनिङ खेले। उनलाई अहमद हुसैनले ७२ बलमा ५६ रन बनाएर राम्रो साथ दिए।

समिर र अहमदले तेस्रो विकेटका लागि १३७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

३४८ रनको लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात गरे पनि लगातार विकेट गुमाउँदा दबाबमा पर्यो। भारतले पाँचौं ओभरमै ५० रन पुर्‍याएको थियो। तर वैभव सूर्यवंशी १० बलमा २६ रन बनाएर आउट भएपछि भारतीय इनिङ कमजोर बन्न पुग्यो।

पावरप्लेको समाप्तिसम्म भारतले ५ विकेट गुमाउँदै मात्र ६८ रन जोड्न सक्यो। त्यसपछि भारतीय ब्याट्सम्यानहरू सम्हालिन नसक्दा टोली १९१ रनको फराकिलो हार व्यहोर्न बाध्य भयो।

यस जितसँगै पाकिस्तानले यु–१९ एसिया कपमा आफ्नो दबदबा पुनः स्थापित गरेको छ।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *