• मंसिर २१, २०८२
  • No Comment
  • 22

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले जनाएको छ। बिहीबार भएको यस भीषण आक्रमणको जिम्मा लिएर भने कुनै पक्षले स्वीकार गरेको छैन।

सुडानी सेनाले आक्रमणका लागि अर्धसैनिक समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ)लाई दोष लगाएको छ। तर आरएसएफले घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया नदिइकन उल्टै सेनाले शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आरएसएफका अनुसार सेनाले चाडसँगको आद्रे सीमा नजिक रहेको बजार र इन्धन डिपोलाई लक्ष्य बनाएको थियो।

सुडान अप्रिल २०२३ यता गम्भीर गृहयुद्धको चपेटामा छ। आरएसएफ र सेनाबीचको शक्ति संघर्षले हजारौँ नागरिक बिस्थापित भएका छन् र देशभर हिंसा निरन्तर उग्रिँदै गएको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *