• बैशाख ३१, २०७९
  • No Comment
  • 59

जुम्लाको तातोपानीमा–१ मा मत संख्या फरक परेपछि मतगणना स्थगित

जुम्ला । मतपत्र बढि देखिएपछि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ मा मतदान रोकिएको छ । गणक र पार्टीका प्रतिनिधिले टिपेको मत संख्यामा फरक परेपछि मतगणना रोकिएको तातोपानी गाउँपालिकाका निर्वाचन अधिकृत सरोजराज रेग्मीले जानकारी दिए ।

निर्वाचन अधिकृत रेग्मीले भने, ‘सातसय खसेको मतमा नेकपा माओवादीको मत संख्या कम देखाईएको भन्दै विवाद उत्पन्न भएको हो । अहिले सर्वदलिय बैठक बसी रहेको छ । स्थगित मतगणना सर्वदलीय बैठकको निर्णय पश्चात पुनः सुरु हुने छ ।’

यस्तै, तातोपानीमा नेपाली कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा देखिएको छ । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् । मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । माओवादीकी पूर्णिमा विकले १०५ मत पाएको मुख्य निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।

 

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *