कर्मचारी बिहिन लागुऔषध नियन्त्रण ब्यूरो

काठमाण्डौ,
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुणर् युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।
ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा अवकाशमा गएको करिब डेढ महिना भैसकेको छ । तर, गृह मन्त्रालयले सो युनिटको प्रमुखमा कसैलाई पठाएको छैन् ।
लागू औषध नियन्त्रण ब्यूरोमा कुनै बेला प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले कमाण्ड गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले डीआईजीको दरबन्दी कटौती गरेर ब्यूरोमा एसएसपीलाई प्रमुखको जिम्मेवारी दिएको थियो ।
प्रहरी नियमावली अनुसार एसएसपी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ । मन्त्रालयले डेढ महिनादेखि ब्यूरोमा एसएसपी खटाउन सकेको छैन् । ब्यूरोमा जान कसैले चासो समेत नदेखाएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताएको रातोपाटीमा समाचार छ ।