• अशोज ५, २०८२
  • No Comment
  • 61

बिहान खालि पेटमा के खाने, के नखाने ?

बिहान उठ्नेबित्तिकै खानपिनमा विशेष ध्यान दिनु पर्ने चिकित्सकहरू बताउँछन् । दिनको सबैभन्दा महत्वपूर्ण आहार मानिने नास्ता स्वास्थ्यका दृष्टिले पौष्टिक र हल्का हुन आवश्यक हुन्छ । तर, धेरै मानिसमा बिहान उठ्नेबित्तिकै चिया वा कफी पिउने बानी बस्छ, जुन स्वास्थ्यका लागि राम्रो मानिँदैन । खाली पेटमा चिया वा कफी सेवन गर्दा पेटमा ग्यास जम्ने, अपच हुने र दीर्घकालमा ग्यास्ट्रिक वा अल्सरको समस्या देखिने सम्भावना हुन्छ । त्यसैले बिहान उठ्नेबित्तिकै पानी पिउनु वा फलफूलको रस सेवन गर्नु उपयुक्त मानिन्छ ।

यस्तै, बिहान खाली पेटमा चिल्लोमा पकाइएको खाना, मसालेदार परिकार वा तेलमा तारेको परिकार सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्तो बानीले सुरुमा सामान्य ग्यास्ट्रिकको समस्या देखाए पनि पछि यो दीर्घरोगमा परिणत हुने जोखिम हुन्छ ।

विशेषज्ञका अनुसार खाली पेटमा केरा खानु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन । केरामा म्याग्नेसियमको मात्रा बढी हुने भएकाले बिहान सेवन गर्दा रगतमा म्याग्नेसियमको मात्रा असन्तुलित भई मुटुमा नकारात्मक असर पर्न सक्छ । त्यस्तै, बिहानै गुलियो पदार्थ सेवन गर्दा शरीरमा इन्सुलिनको मात्रा अचानक बढ्छ, जसले प्यान्क्रियाजमा दबाब सिर्जना गर्ने र दीर्घकालमा मधुमेहको सम्भावना बढाउने गर्दछ ।

खाली पेटमा टमाटर खाने बानी पनि हानिकारक हुन्छ । टमाटरमा रहेको ‘टैनिक एसिड’का कारण पेटमा एसिडिटी बढ्ने र ग्यास्ट्रिक–अल्सरको खतरा रहने चिकित्सकको सुझाव छ । कतिपयले बिहानै उठ्नेबित्तिकै कोल्ड ड्रिङ्क्स पिउने गर्छन्, तर यसले पाचन प्रणालीलाई क्षति पुर्याउनुका साथै म्यूकस मेम्ब्रेनमा नकारात्मक असर पुर्याउँछ । त्यस्तै, दहीलाई सामान्यतया स्वास्थ्यकर मानिए पनि खाली पेटमा यसको सेवन गर्दा पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने र ‘हेल्दी ब्याक्टेरिया’ कमजोर हुने बताइन्छ ।

तर, बिहान खाली पेटमा अण्डा, ओटमिल, ब्राउन ब्रेड, खरबुजा, ब्लूबेरी, मह वा कार्बोहाइड्रेटयुक्त खाना सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यी खानेकुराले पेटलाई असहज नबनाई पाचन प्रणालीलाई सहज राख्ने भएकाले बिहान नास्ता हल्का, पौष्टिक र सन्तुलित बनाउन सकिन्छ ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *