• अशोज ३, २०८२
  • No Comment
  • 243

संविधान दिवसकाे अवसरमा सुर्खेतमा चार दलको अन्तरसंवाद

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतमा प्रमुख चार राजनीतिक दलले संयुक्त अन्तरसंवाद गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरेका हुन्। वक्ताहरूले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह गरे ।

उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै यस्ता क्रियाकलापले मुलुकको विकास र समृद्धिमा चुनौती थपेको बताए ।कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र माओवादी केन्द्रका कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललगायत नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *