- अशोज ३, २०८२
- No Comment
- 68
संविधान दिवसकाे अवसरमा सुर्खेतमा चार दलको अन्तरसंवाद

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतमा प्रमुख चार राजनीतिक दलले संयुक्त अन्तरसंवाद गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरेका हुन्। वक्ताहरूले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह गरे ।
उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै यस्ता क्रियाकलापले मुलुकको विकास र समृद्धिमा चुनौती थपेको बताए ।कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र माओवादी केन्द्रका कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललगायत नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए ।