- अशोज १, २०८२
- No Comment
- 64
राष्ट्रपति पौडेलद्वारा संविधान दिवस मनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज ३ गते शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस मनाउने भएका छन्। राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेले कार्यक्रमका लागि निमन्त्रण पत्र वितरण सुरु गरिसकेका छन् । निमन्त्रणापत्रमा उल्लेख भएअनुसार ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस (राष्ट्रिय दिवस)–२०८२ को अवसरमा आयोजना हुने कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको छ ।
राष्ट्रपति पौडेलको कार्यक्रम शुक्रबार अपराह्न साढे ३ बजे शीतल निवासमा हुने तय भएको छ । हालै सम्पन्न जेन–जी आन्दोलनपछि संविधान र व्यवस्थामाथि प्रश्न उठिरहेका बेला राष्ट्रपतिले संविधान दिवस मनाउने तयारीलाई विशेष रूपमा हेरिएको छ । तर, सरकारका तर्फबाट भने अहिलेसम्म संविधान दिवस मनाउनेबारे स्पष्ट धारणा आएको छैन ।