- अशोज १, २०८२
- No Comment
- 60
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं – जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मृत्यु भएकालाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र देशभर झण्डा आधा झुकाउने व्यवस्था गरिएको हो ।
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा कम्तीमा ७२ जनाको ज्यान गएको थियो । मंगलबार काठमाडौंको पशुपति आर्यघाटमा उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । केही युवाको शव भने उनीहरूको गृहजिल्लामा लगिएको छ ।
आज नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ । परिवारजनले सहिदको बलिदान व्यर्थ नजान आग्रह गर्दै सरकारसँग परिवर्तनको अठोट खोजेका छन् ।