- भदौ २३, २०८२
- No Comment
- 83
सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेकी छन्।
उनले हालैको प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेकी छन्।
श्रेष्ठले सरकारप्रति आक्रोश प्रकट गर्दै लेखेकी छन्, “नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने—नेपाल सरकार धिक्कार !”